अपरिचित

भर्र !!भर्र!भर्र !!भर्र!!!! मोबाइल भाइभ्रेट गर्यो बिहानको 8 बजेको रहेछ। रातिको डिउटिले थाकेको थिए दोर्सो चोटी मोबाइल कराउदा मात्र उठाए ०१४६……..अफिसको नंबर।
– “हेलो”
– “हेलो आर्यन जि..”
– “हजुर भन्नुस”
“आज ओटिमा नाम हाल्देको छु है 10 बजे बाट”
“हस हुन्छ”
राती पनि १२ बजे सम्म डिउटी गरेको थिए, के गर्नु काठमाडौ जस्तो ठाउमा दुख नगरी केइ गर्नै नसकिने । Ncell मा CCR को काम गर्छु।पैसा कमाउने झोकमा पढाइ छै गन्डागोल भकोछ।अब एक छिन सुत्छु अनि जान्छु सोचे।
“के भो कस्को फोन” भान्सामा खाना बनाउदै गरेको दाइले सोध्यो।

“केइ हैन, ओटि छ रे आज ” ।
निन्द्रमै थिए जबाफ फर्काउन अलि समय लगाए ।
“लु लु खाना पाक्यो खार जा”
म अचेत जस्तै लडि रहे एकछिन।
उठे खाना साना खाएर हिडे अफिस
कौशल्टार बाट गाडी चडे सधै कलेज जाने गाडी आज अफिस जान।
पुतलीसडक, बाघबजार, रत्नपारक को मन्त्र जप्दै गरेको खलासीलाइ पुलुक्क हेरे अनि हासे!!
सधै एउटै टाइममा एउटै गाडी चड्ने भएकोले खलासिले पनि चिन्न थालेको थियो।
बिभिन्न कलेजका बिध्यार्थी हुन्थे गाडिमा धेरैको अनुहार संग परिचित पनि भैसक्या थिए। सधै जसो लोकन्थली बाट उनि चडिन, उनि केबल एक पात्र मात्र थिइन, सधै जसो देख्थे गोलि चस्मा, गोरो अनुहार हरु सधै भन्दा भिन्न देख्थे म उनिलाइ।एक चोटी त हामी संगै उभिएर यात्रा गरेका पनि थिएउ तर सधै जस्तो उसको कानमा इयरफोन खादिएको थियो। आज पनि उ मेरै छेउमा उभिन पुगिन, मैले सिट पाइ सकेको थिए तर छेउमा एउटा बा हुनुन्थ्यो।कोटेश्वरमा ति बा उतृनु भयो र उनि मेरो छेउको सिटमा बसिन!!”आजको ओटि फाइदा जनक भयो” मन मनै सोचे।
अफिस टाइममा कोटेश्वरमा जाम नहुने त कुरै थिएन।
अनि आज उसले इयरफोन पनि खादेकी थिइन।
“म तपाइलाइ सधै देख्छु यो गाडिमा” मैले एक्कासी कुरो सुरु गरे।
“हजुर?” उसले म तिर फर्केर भनिन।मैल फेरि आफ्नु उइ वाक्य दोहोर्‍याए ।
“म तपाइलाइ सधै देख्छु यो गाडिमा”
हो भन्ने भाब देखियो अनुहारमा बोलि आएन।
“हजुर के गर्नु हुन्छ, पढाइ , जब?”एक छिनको मौनता पछि फेरि प्रश्न गरे।
” म कृमशन नेपालमा काम गर्छु हजुर नि”
“म Ncell कल सेन्टरमा काम गर्छु त्रिचन्द्र पढ्छु”
“ए हो?, खुब बोल्नु पर्छ होला है Ncell मा??”
“उम !!बोलेकै त पैसा पाइन्छ ” हास्दै जवाफ दिए।
हासो को लहर गुन्जियो!!
जाम पनि खुलो!!
“बाइ द वे, म आर्यन शर्मा”
“म नितिका श्रेष्ठ ”
“श्रेष्ठ ?? रियल्ली नाक त बाहुनको जस्तो परेको छ त” रेला गरे
“अँ!!! म मामु तिर गको छु रे”
” यु मिन मामु बाहुन??”
“अँ लब म्यारिज हो बाबा मामुको”
“ए!! ए!! , अनि कता पढ्नु हुन्छ त?”
” नाइ पढ्या छैन १२ सक्यो” अब पढ्ने बिस्तारै
“ए!! ए!! ” गाडी आफ्नै रफ्तारमा थियो अनि मेरो मन पनि, बानेश्वरमा फेरि अर्को जाम। अरु दिन जाम हुदा रिस उठ्थ्यो आज त्यसै रमाइ रहेछु। आफ्नो भाग्यलाइ धन्यवाद दिदै छु।
“अनि कृम्सनमा के काम गर्छै?” तपाइ बाट तिमिमा झरे।उसलाइ कस्तो लाग्यो भनी अनुहारमा पुलुक्क हेरे।
“केयर टेकर हो” अनुहारमा कुनै भाव परिवर्तन थिएन।
जाम परिरहोस आजको यात्रा नटुङियोस जस्तो लागी रयो तर यात्रा त टुंगिन्छ नै। थापाथली आइपुगियो।
“ल मेरो स्टप आयो, म गए है त बाइ”
“हस बाइ”
लुरु लुरु अफिस तिर हिडे। काममा मन के लाग्थ्यो आज ,उनकै सम्झना आइ रयो ।

राती ११ बजे कोठा पुगे!! दाइ सुति सकेको थियो। आजको कुरा कसलाइ सुनाउ कसलाइ सुनाउ भएको थियो, दाइलाइ उठाए!
“ओइ अशोक,”
“ह!!!आइस,”
“अँ भर्खर”
“ल ल ,हडकेसमा खाना छ खाएर सुत”
“ओइ सुन्न”
“के भो फेरि??” निन्द्र मै बोलि रहेको थियो!!
“सधै गाडिमा एउटि केटिलाइ देख्छु भन्थे नि!! आज उसंग बोले”
” ए हो??”
“साले!!! निन्द्र मै छस?? आफु कस्तो एक्साइट भएर सुनाउदै छु!!”
अशोक निन्द्राले थली सकेको थियो अब न उठ्ने वाला थियो न बोल्ने वाला।
भोली पल्ट बिहान सधैको समयमा कलेज निस्किए।आज अलि बेसि गफ गर्ने आस थियो किनकी आज बागबजार सम्मै जाने थिए म।उत्साहित भएर अलि छिटै पुगेछु बस स्टेसन आफ्नु गाडी कुरि रहे!!
“पुतलीसडक, बागबजार , रत्नपारक…” खले किच्छ हास्यो। गाडी सदा झै भिड थियो। खाली थिएन आज उभिनु पर्ने भो भन्दै ढोकाको छेउमा उभिए ताकी उनि आएको देख्न सकु!!
“ए !! दाइ अलि भित्र जानुन ठाउ छ त!!!” कैले अगाडी बढ्न नदिने भयो यो खलासिले भन्दै पिछाडी सरे।
लोकन्थली आयो!!यात्रु हरुको चापा चाप! चड्ने र उत्रिने को घम्सा घम्सी। सिटको टाउकोमा अढेस लागेको थिए नजर ढोकामा केन्दृत थियो। गाडी हिड्न लाग्दा पनि उनि आइनन मन खिन्न भयो!!गाडी हिडि सकेको थियो।
“सुईईईईइय,,,, ढ्याप,,, छिटो आउनु छिटो ” खलासी जोर ले करायो।
उनि स्या!!!स्या!! गर्दै गाडिमा चढिन।
गाडी भिड भएकाले उनि अगाढिनै बसिन!! म भने कति खेर नजर जुद्ला र हाइ भनम भन्ने सोचमा एकोहोरो आखा नझिम्क्याइ उनिलाइ हेरि रहेको थिए। कोटेश्वर फेरि जाम अलि मान्छे उत्रिए पनि, केइ हद सम्म भिड कम्ती भयो उनि अलि भित्र सरिन!!!
गाजलु आखा गोलो चस्मा अनि सधै झै कानमा इयर फोन। झट्ट नजर जुध्यो, मत हेरेको हेरै भए हाइ भन्नै पाइन, अब चै रेडिमा बसे,,, तर एक चोटी पुलुक्क नि हेर्या हैन!!!तिनकुने आए पछि उसले सिट पाइ!! म उसको सिटम ढेसिन पुगे।
अब मात्र पुलुल्क हेरि मैले हाइ गरे ।
उसको केइ रियाक्सन थिएन!! म अचम्ममा परे!!
एति खेर हामी बानेश्वर कटि सक्या थियै।
माइती घरमा उसको छेउको भाइ उत्रियो अनि म उसको साइडमा बसे।
गानामा मग्न थिइन उनि, बोलाए
” हेलो”
उसले कान बाट इयरफोन निकालेर आश्चर्य भै सोधी ।
“हजुर??”
“हाइ भन्या!!”
“हेलो”
“अनि के छ त?”
“ठि….क ..छ” यो शब्द आधा आधा जोड्जाड पारेर बोलेकी थिइ उसले मानै भरखर बोलि फुटेको बालकले बोल्न सिक्दै छ।उ अनकनाउदै फेरि बोलि ।
“के म चिन्छु तपाइलाइ?” उसको यो शब्द बाड झै मुटुमा बिझ्यो।
अचम्म लाग्यो के हिजो को आज बिर्सिन सम्भभ छ त??

बागबजार उत्रिएर सुइ सुइ कलेज तर्फ पाइला अघि बढाए। “साला क्या याटिटिउड भकी केटि रछे यार” मन मनै भन्दै हिडे। हुन पनि दोर्सो भेटमै एक अर्कालाइ मन पराउन यो कुनै कथा थिएन नत कुनै चलचित्रको लभ सिक्वेन्स।साला आफै माथी हास उठ्यो एक छिन त सोचे “१ महिना एकोहोरो हेर्दा बोरु मजा आइरा थ्यो बेक्कार बोल्न पुगेछु १ महिनाको एकोहोरो आकर्षण १ शब्द मै चैट भयो। हुन पनि आजकल का केटि हरु सबै प्याक नै हुन्छन अनि हामी जस्ता लाइ कस्ले पत्याउला!! ”
“हैन म पनि ह्यान्डसम नै छु हौ!! काठमाडौंका केटि हरु अलि बेशी भाउ खोज्छन र मात्र”। एस्तै एस्तै अनेक कुरा सोच्दै कलेज छिरे।
२:३० देखी डिउटी थियो, प्र्याक्टिकल सकेर सुइसुइ अफिस गए। ११:३० मा कोठा पुगे। आज चै अशोक सुतेको थिएन। आज के भयो भन्ने उत्सुक्ता उसलाइ पनि रहेछ। सबै सुनाए उसले सुरुमै भन्यो
“हे हे नेपाली गजिनी रहिछे, तेस्तै हो केटा यो खाडीमा लभ गर्न सारै महँगो छ”
“हैन यार हिजो त मज्जाले बोलेकी थिइ, आज खै के भयो”
“छोड्दे भाइ, केटि हरु त्यस्तै हो अब भोली देखी त नि भाउ खा तर उस्को नजरमा सधै पर्नु”
“अँ त्यसै गर्न पर्ला”
“ल ल खाना खाएर सुत म चै निन्द्रले झ्याप छु”
“ल!! ल!!!”
आज बिहान कलेज नभएकोले अबेर सम्म सुति रहे।डिउटी पनि २ बजे बाट भएकोले १ बजे तिर निस्किए कोठा बाट गाडी र समय फरक भए पनि उनिलाइ देख्ने बानी परेछ क्यार, साला डाडे मन आस गर्दोरहेछ। माइतीघर कति खेर आइपुग्यो पत्तै भएन आज त एक ठाउ जाम नि परेन।१:३० बजे नै आइपुग्यो, माइती घर बाट अफिस तिर लागे थापाथली तिर। झट्ट आखा अगाडी उनि थिइन गाडी कुरिरहेको।
एस्ले सच्चै चिन्दिन कि नाटक गरेकी पत्ता लगाउन मन लाग्यो। “एक छिन एस्को दिमाग चाट्छु टाइम छदै छ!!” मन मनै सोचे। उसंग मज्जाले परिचित भए जस्तो गरेर ढाडमा प्याट्ट कुटेर बोलाए “हाइ नितिका ”
“हे..लो” उसको उइ भाव थियो अपरिचित भाव ।
“अनि आज अफिस थिएन??”
“तपाइलाइ थाह छ म काहा काम गर्छु?” संकोचित आबाजमा उसले सोधी।
“कृमसन नेपालमा काम गर्छौ हैन,?मलाइ चिनेन?”
“आइ एम सो सरि मलाइ सम्झिन गारो पर्छ ,मलाइ amnesia छ”

amnesia भन्ने शब्दले मन खिन्न भयो।मुटुको रफ्तार तेज हुदै गयो।एसरी जिस्किनु हुदैन थियो भनेर थुक-थिकी लाग्यो।टोलाउन पो थालेछु
“हस त म गए” आबाजले झस्किए।उनि गाडी चडेर गैन। झट्ट गुगल खोलेर हेरे।
“amnenia is a deficit in memory caused by brain damage , disease, or psychological trauma .The memory can be either wholly or partially lost due to the extent of damage that was caused.”
भारी मन बोकेर अफिस तिर लागे। बेलुका अशोकलाइ यो सब वृतान्त सुनाए।अनुहार निन्याउलो बनायो, धेरै बेर कोठा चकमन्न भयो। धेरै बेरको मौनता चिरदै अशोकले भन्यो “अब के गर्छस त?”
“अब के गर्नु?” यो प्रश्नले पोलि रयो।
“धेरै नसोच हेर केटा!!! ऐले सम्म उसका लागी दया भावना छ!!त्यो भावनालाइ प्रेममा परिणत हुन नदे। तलाइ मात्र दुख हुन्छ।उसलाइ त केछ आजको कुरा भोली याद हुदैन। उसको रोगलाइ मजाक नबना छोड्दे।” अशोकले सम्झायो। केइ हद सम्म अशोकको कुरा पनि ठिकै लाग्यो।तर मन भने अझै मान्न तयार नै थिएन।
“हैन एक चोटी चै बुझ्नै पर्छ के हो कुरो भनेर” मन मनै दृढ अठोट लिए। फेरि गुगलमा खोजे crimson Nepal.
कृमशन नेपाल मानसिक अपांग भएकालाइ सहयोगार्थ खोलिएको संस्था रहेछ। यो संस्थाले बिभिन्न मानसिक अपांग भएका व्यक्तिहरुलाइ पालन पोषण गरि आएको रहेछ।
भोली पल्ट बिहान “कृमशन नेपाल” जाने सोच गरे।
बिहान ७:३० बजेनै निन्द्र खुल्यो। सधै झै खाना साना खाएर निस्किए कोठा बाट। कौशल्टार बाट त्यैआफ्नै रुटको गाडी चढे। “पुतलीसडक बागबजार रत्नपार्क है रत्नपार्क …” खलासी सधै झै किच्च हास्यो।बनावटी हासो फर्काए। टेस्रो सिट खाली थियो आज।लोकन्थली आइपुग्यो।के उसले साच्चै चिन्दिन त मलाइ? सदा झै गाडी भिडनै थियो म सिटमा अलि उचालिएर उसलाइ पर्खी रहेको थिए। गाजलु आखामा गोलो चस्मा अनि कानमा इयरफोन सदा झै उइ आबरण। उ गाडिमा चड्दा मेरो मन गरुँगो भयो। अलि पछाडी सर्दा मैले एकोहोरो हेरेको चाल पाइ क्यार झट्ट आखा जुद्यो।
म मुस्कुराए अनि उनि बाट पनि मुस्कान फिर्ता आयो…………….
…….मुस्कान त सटा-साट भयो!!! “के उसले सम्झी त मलाइ कि औपचारिकताको हासो मात्र थियो त्यो??”
कोटेश्वर आइपुग्दा नपुग्दै मेरो छेउको सिट पनि खालि भयो।कसैलाइ बस्न दिइन उस्को लागी सिट राखे अनि बोलाए इशाराले। मुस्कान सहित मेरि छेउमा बसिन
“थ्यान्क्स !!! यो गाडिमा सिट पाउनै मुस्किल भन्या।”
“उम, तपाइ कृमशन नेपालमा काम गर्नु हुन्छ हैन??”
“हो त!!आर्यन जि अस्ति भन्या हैन”
म झसंग भए!! साला सपना पो रहेछ। उसले यसरिनै सम्झियोस भन्ने चाहानाले सपना पनि कस्तो देख्या होला। टेबलको थर्मस बाट पानी पिए, अनि फेरि सुत्ने प्रयास गरे। उसका लागी भावना बढ्दै गएको आभास भयो।
भोली पल्ट बिहान सदा झै कौशल्टार चोक निस्किए।
र त्यै आफ्नै रुटको गाडी पर्खिए “पुतलीसडक बागबजार रत्नपार्क है रत्नपार्क …” खलासी सधै झै किच्च हास्यो। यो सब पैहिले पनि भइ सकेको फिल भयो। “डेजा भु” जस्तो । पढ्या थिए त्यस्को बारेमा कैले काइ केइ हरु घटना पैले भोगी सकेको जस्तो फिल हुने,पुनर्जन्ममा या सपनामा यो कुरा म संग भै सक्या जस्तो फिल हुने।
सपना जस्तो बनावटी हासो फर्काइन खलासिको कुच्छ को जवाफ फिस्स मै दिए। गाडी भिड तर सिट खाली थिएन।यो गाडिमा सिट खाली त सपनामा मत्र हुने रहेछ। मन मनै हासे। उनि चढे पछि कसरी बोल्ने भन्ने सोचि रहे।नचिनेको व्यक्ती संग एक्कासी कोइ केटि पनि बोल्दैन। यति सोच्दा सोच्दै लोकन्थली आइ पुग्यो।

उनि चढिन गाजलु आखामा गोलो चस्मा अनि कानमा इयरफोन सदा झै उइ आबरण। तर आज पछाडी सर्नुको बदला अगाडि उभिन पुगिन। कोटेश्वरमा महिला सिट खाली भयो।आज न आखा जुध्ने चान्स थियो न बोल्ने नै।गाडी को त्यो ५० मिनेट ५० जुग कटाए जस्तै भयो।बल्ल बल्ल बागबजार आयो।नितिका अगाडी थिइन उत्रेर आफ्नो बाटो लागी हाली।म पनि पछि पछि ओर्लिएर उसको पछि लागे। सेयर मार्केटको अगाडी पट्टिको गल्ली बाट अलिकती बित्र पिटर इङ्यान्ड भएको भवन देखि पल्लो पटि कृमशन नेपालको बोर्ड देखे। त्याहाको संस्थापक मिना राना जिलाइ भेटे ।
“म आर्यन शर्मा, म सोसियल वर्कको बिध्यार्थि हो,सर्भे रिपोर्टको लागी हजुरको ह्याल्प चाइएको थियो।”
“ए ए!!भन्नुस म के सहयोग गर्न सक्छु?”
“अयाग्चुल्ली कस्तो संस्था हो त कृमशन नेपाल, मलाइ जान्न मन छ”
“हो??!! यो खास मानसिक अपांग भएका व्यक्ती हरुको लागी खोलिएको संस्था हो।त्यस्ता ब्यक्तीलाइ हरु समाजमा सुरक्षा हुदैन। याहा भएका धेरैलाइ त घरमा थुनेर राखेको अबस्था थियो, वाहा हरुको फ्यामेलिलाइ सम्झाएर हामिले वाहा हरुलाइ याहा ल्याएका हौ।”
“मिना म्याडम तपाइको कल!!” रिसेप्सनको केटि बोलि
“एक छिन है आर्यन जि म कल रिसिभ गर्छु तपाइलाइ बाकी डिटेल्स नितिका जि ले दिनु हुन्छ वाहा याहको केयर टेकर हो”
“हस हुन्छ!” हुन त चाहेको पनि नितिका संग गफ गर्नु नै थियो।
“नितिका! जि वाहाले केइ कोइस्चन गर्नु हुन्छ बुझाइ दिनु होला” । नितिका लाइ बोलाएर मिना जि कल रिसिभ गर्न जानु भयो। नितिका मेरो छेउ मा आइ अनि भनी “अरे तपाइ?……………
म झसंग भए ,के उसले चिनी त मलाइ, के सम्झि त हाम्रो १ महिना को आखाको दोहोरी??
उनि अलि नजिक आएर भनी. दिदि !!तपाइ याहा कसरी? उ त मेरो पछाडीको मान्छे संग बोल्दै रहिछे!
“एक छिन है आर्यन जि!!”उ एत्ति भनेर दिदि संग गफ गर्न थाली।मलाइ किन सधै भ्रम भै रहन्छ कि नितिकाले मलाइ सम्झीन्छे भनेर।सायद मेरो मनले मस्तिष्कके यहि चाहान्छ। निकै बेरको भला-कुशारी पछि म भए सामु आइ “सरि है !निकै दिन पछि दिदि संग भेट भको गफ अलि बेसि नै भए छ!”
“हैन केइ छैन,म भोली आउछु बोरु, आज अलि हतार छ” भनेर निस्किए त्या बाट।जे भए नि भोली उसले सम्झिने होइन, आखिर उसलाइ भएको चै के हो जान्न मन थियो।तर त्याहा बस्दा बस्दै केइ कुरा बुझे धेरै चै बुज्न पाइन, मेरो अफिसको टाइम भै सकेको थियो।म निस्किए त्या बाट।
भोली पल्ट बिहान सदा झै कौशल्टार चोक निस्किए। र त्यै आफ्नै रुटको गाडी पर्खिए “पुतलीसडक बागबजार रत्नपार्क है रत्नपार्क …” को मन्त्र जप्दै गाडी आयो। चढे ।सधै एउटै दिन चर्या भएका मान्छे हरु कसरी बाच्न सक्छन भन्ने सोचले दिक्क हुदै थिए।
लोकन्थलि बाट सदा झै उ चढि। अब हरेक दिन उसंग बोल्न नया सुत्र नया सोच ल्याउनु पर्ने थियो।तर कानको त्यो इयरफोनले र्‍याक गर्दै थियो। केइ समय उभ्भिए पछि सिट पाइयो। महिला सिट उसले , अनि त्यसको अगाडिको ड्राइभर सिटमा ढेसिने सिट मैले।अब बल्ल कुरो सुरु गरे।
“तपाइ कृमशन नेपालमा काम गर्नु हुन्छ हैन?”उसलाइ इशारा गर्दै प्रश्न गरे।
“उम हो! त”
“मलाइ त्यहाको संस्थापक संग भेट गराइदिन सक्नु हुन्छ?”
“उम सक्छु”
“थ्यान्क्यु!! बाइ द वे म आर्यन शर्मा ”
“म नितिका श्रेष्ठ ”
“श्रेष्ठ त हैन होला!!” म जिस्किन खोजे।
“अब जे सोच्नुस” रुखो जवाफ फर्कियो।एउटै प्रश्नको समय र मुड अनुसार फरक फरक जवाफ आउदो रहेछ।बल्ल थाह भयो।अब सतर्क भएर गफ गर्ने सोच गरे।तर उनि त निदाइ सकि छिन क्या हो!!आखा बन्द थियो। कानमा इयरफोन लागि रहेको नै थियो।आम्ने साम्ने बसेर उसलाइ हेर्नुको त्यो मजा त्यो स्वाद त्यो तरंग छुट्टै थियो।बागबजार आइ पुगेको पत्तै भएन।
बागबजार बाट संगै गयौ कृमशन नेपाल।
“मिना दि, वाहा आर्यन जि ,हजुरसंग भेट्न खोज्दै हुनुन्थ्यो।” उसले मिना जि लाइ बोलाएर भित्र पसि।
रिसेप्सनको केटिले निहालेर मलाइ हेरिन।
मिना राना जि आउनु भयो। “अरे तपाइको रिपोर्ट सक्केको छैन??” “सकिन लागो म्याडम!”के नितिका जि पनि……..?” सिदै चासोको कुरा गरे।

“हो!! नितिकालाइ anterograde amnesia छ।”
“त्यो कस्तो खाल्को मनसिक रोग हो??”
“anterograde amnesia भएका व्यक्तीले नया मेमोरी बनाउन या स्टोर गर्न सक्दैन।नितिकाको केसमा उसलाइ आजको कुरा भोलो याद हुदैन। ”
” शोभा दि दि तपाइ याहा!!!!” नितिकाको आवाजले झस्किए। ढोका तिर हेर्दा उइ हिजो आउनु भएको दिदि हुनुन्थ्यो।
“वाहा?”मैले मिना जिलाइ सोधे।
“वाहा नितिकाको दिदि अनि म उसको आन्टी ”
आन्टी शव्दले म झसंग भए! सायद वाहाले चाल पाइ सक्नु भएको थियो कि म नितिकाको पछि लागेको छु भनेर।
“मलाइ थाह छ तिमि केइ रिसर्च गर्दै छैनौ, अनि नितिकाको पछि लागेको छौ।”
“कसरी थाह पाउनु भयो?” मैले प्रश्न गरे।
“तिमिलाइ लाग्छ हाम्रो नानिलाइ हामी त्याहा बाट एक्लै पठाउछौ।? उसको साथमा हर दम कोइ न कोइ हुन्छ।आइन्दा उसको पछि लागेको भेटे भने राम्रो हुने छैन”
“ठिकै छ!!! तर म एति मात्र जान्न चाहान्छु, उसलाइ एस्तो कसरी भयो??”
“लभ, मायाले उसलाइ यस्तो बनायो” पछाडी बाट शोभा दिदि बोल्नु भयो।

“लभ!!, मायाले उसलाइ यस्तो बनायो” पछाडी बाट शोभा दिदि बोल्नु भयो।
एति खेर नितिका भित्र पसि सकेकी थिइ।
“दुइ बर्ष अगाडीको भएको घटनाले……..” मिना आन्टीका आखा भरिएर आए वाहा या भन्दा अगाडी बोल्न सक्नु भएन या खोज्नु भएन ।
“कसरी ?के घट्ना?” मैले उत्सुक्ता पुर्बक प्रश्न गरे।
“एक लेखकले लेखेका थिए रे , प्रेम ले मान्छेको जिबन परिबर्तन गर्दिन्छ भनेर हो !ठिक हो तर त्यो परिबर्तन सकारात्मक नै हुनु पर्छ भन्ने केइ छैन, नितिकाको जिन्दगीमा प्रेमले ल्याएको नकारात्मक परिबर्तन हो यो” शोभा दिदिको कडा स्वर आयो।
“आखिर कस्तो अनि कसले गर्दा के परिबर्तन त, मलाइ जान्न मन छ”मैले आझ चासो दिए।
“तिमेरु जस्ता युवा हरुको कलिलो प्रेम,माछाको काडा घाटिमा अड्किए जस्तो , जुन न निल्न सकिन्छ न ओकल्न, तिमेरु आफुलाइ कुन उत्कर्समा पुर्याएर प्रेम गर्छौ ह??
“मैले कुरो बुझिन नि!!!” शोभा दिदिको कुरो साच्चै मेरो गिदिमा छिरेन।
“छोड्देउ तिमिले बुझ्न जरुरी छैन, आइन्दा उसको लाइफमा इन्टर फियर नगरेकै राम्रो, तिम्रा लागी पनि अनि उसका लागी पनि।” एति भनेर शोभा दिदि निस्किनु भयो त्याहा बाट। मैले उत्सुकताजनक आखाले मिना आन्टी तर्फ हेरे।
“हेर भाइ शोभाको कुरा ठिकै हो, नितिकाको जिन्दगिमा जे भयो सो भयो, उसको बारेमा चासो दिएर उस्को पछि लागेर तिमि आफ्नो जिन्दगिका अमुल्य क्षण बर्बाद नगर” मिना आन्टी बाट पनि क्लियर रिजेक्सन पाइ सकेको थिए। रेड लाइट देखाइ सक्नु भको थियो दिदिे र आन्टिले।
के नितिकाको उपचार सम्भभ छैन त अब?? किन माया मार्नु भयो सब परिवारले नितिकाको दिमागी हालत संग? अनि के नितिकालाइ आफ्नो रोगको बारेमा केइ थाह हुदैन होला त? अनि कसरि उसलाइ सधै एउटै रुटको गाडी चड्न र कृमशन नेपाल आउन चै याद हुन्छ त?? यस्ता अनेक प्रश्न मेरो मनमा थियो तर जबाफ आउने सबै ढोका बन्द।स्तब्द दिमाग, सुकेका ओठ अनि भारी मन लिएर म त्याहा बाट निस्किए।
कृमशन नेपाल बाट निस्केर पिटर्स इङ्ल्यान्डको भवन अगाडि आइ पुग्दा ।
“आर्यन जि!!! सुन्नुस त” आबाजले मेरा पाइला ट्क्क अढिए।पछाडी फर्केर हेर्दा उइ रिसेप्सनको केटि म भए ठाउ आउदै थिइ।
“आर्यन जि!!”
“हजुर!!!”
“म नितिकाको साथिलाइ चिन्छु ,उ सधै आउछे तर नितिकाले उसलाइ चिन्दिन हजुर जस्तै उ सधै नया नया कुरा बुझ्ने बाहाना बनाएर याहा आउने गर्छे,मैले हजुरको आखामा आस्थाको जस्तै भाव देखे!!उ पि.के क्याम्पस पढ्छे” उसले एकै सासमा यो सब भने अनि एउटा कागजको चिर्कटो मेरो हातमा थमाएर भनी
“यो आस्थाको नं……..”
मैले त्यो चिर्कटो हातमा लिए ।
त्यो रिसेप्सनको केटिलाइ केइ भन्नै नपाइ त्याहा बाट गै सकेकी थिइ।
नितिकाको बारेमा जान्ने मौका पाउने भए।भगवानले त चिता म पुरा गर्छु भने जस्तै लाग्यो। तर एक छिन त सोचमग्न भए। आफैलाइ प्रश्न गरे “आखिर किन म यति उत्सुक छु ,नितिकाको बारेमा जान्न??”
के यहि उत्सुक्ता प्रेम हो त? …
हैन हैन यसलाइ प्रेम भनी हाल्न पनि न मिल्ला!!
जे होस नितिकालाइ के भएको रहेछ पत्ता लगाउन एउटा बाटो त खुल्यो।तर आस्थालाइ के भनेर फोन गर्ने।
चिर्कटो खोले!!! आस्थाको नम्बर आट गरेर डाइल गरे ९८२३…….।
“हेलो”
“हेलो आस्था जि हो?”
“हजुर हो, तपाइ को बोल्नु भा”
“म आर्यन मलाइ हजुर संग भेट्नु थियो”
“किन??को हो तपाइ?? नचिनेको मन्छे संग किन भेट्नु म?”
“मलाइ नितिकाको बारेमा जान्नु छ.”
“नितिकाको बारेमा के जान्ने को हो तपाइ”
“प्लिज के मैले जान्नु नै छ”
“माफ गर्नु होला, म उसको बारेमा केइ भन्न सक्दिन”यत्ती भनेर कल काटियो।
बल्ल तल्ल खुल्न लागेको ढोका बन्द हुने जस्तो भयो। म के भनेर कन्भिन्स गराउ त आस्थालाइ!!!??
फेरि फोन गरे अनि सबै बृतान्त सुनाए। अनि बल्ल उसले भेटन मानी। पि.के क्याम्पसमा बोलाइन।
क्याम्पस अगाडी उभिए।
“आर्यन जि!!” मधुर आबाज। पछाडी फर्केर हेरे।
एउटि केइ परिचित लाग्ने केटि मेरो सामु ठिङ्ग उभिएकी थिइ।
“आस्था जि??”
“हजुर”
“हजुरले मलाइ कसरी चिन्नु भयो??” जिज्ञासु मन सुरुमै चासोको कुरा सोधी हाले।
“हामी एउटै गाडिमा आउछौ त!!! मलाइ तपाइको बारेमा थाहा छ त्यै भएर म भेट्न मानेको हो”
झट्ट मिना आन्टिले भनेको कुरा याद आयो । नितिकाको साथमा कोइ न कोइ साथी सधै हुन्छ।
“भेट्न मान्नु भयो धन्यवाद!!
आस्था जि हजुरलाइ मेरो उत्सुकता थाह होला,आखिर नितिकालाइ एस्तो कसरी भयो।”
उसलाइ डिप्रेसन भएको हो सुरुमा त्यस पछि उसमा एस्तो प्रब्लम आउन थालेको थियो।
“उसको उपचार सम्भभ छैन त??”
“छैन! amnesia इज नट किउरेबल”
“अनि के उसलाइ आफ्नो रोगको बारेमा कैले थाह हुदैन त??”
“भरसक घर परिवारले थाह नदिन खोज्नु हुन्छ ।तर थाह हुन्छ!! जुन दिन थाह हुन्छ उ खुब रुन्छे कराउछे घर परिवारले सम्झाउन खोज्छन। अनि फेरि भोली पल्ट उइ दिन चर्या।”
“कृमशन नेपाल चै कसरी याद हुन्छ त उसलाइ”
“कृमशन नेपाल उसको आन्टिको संस्था हो १२ सक्किए पछि देखि उ याहा काम गर्न थालेकी थिइ”
एक छिन मौन थिए उसैले भनी ।
“म सबै कुरा भोली भन्छु है ।ऐले क्लास छ मेरो” एत्ति भनेर उ क्यामपस भित्र पसि…..
प्रश्न हरु को गाठो, मनमा भारी बोकेर हिडे म पनि त्या बाट हुन त मेरो पनि डिउटिको टाइम भै सकेको थियो।पि.के बाट डाइरेक्ट अफिस गए।बेलुका कोठा पुग्दा अशोक सुति सक्या थियो। आज उसलाइ उठाउन मन लागेन ।किन किन मेरो पनि मन खिन्न भएको थियो खाना खान मन भएन।
“खाना खाएर सुत है भाइ ” अशोकको आवाज सुने। उसले मेरो मनको कुरो बुझ्थ्यो जे होस दजु हो मेरो।
म उसको छेउमा गए “अशोक!!! नितिका…….” एत्ति भन्दै म भक्कानिए एक शब्द भन्दा अगाडी घुक्क घुक्क आउन थाल्यो। “ओए भाइ नरु…” अशोकले पनि यो भन्दा बडि सान्त्वनाको आभास दिन सकेन। भोली पल्ट बिहान सधैको समयमा कोठा बाट निस्किए आज गाडी त्यती चलेका थिएनन ! अहो !!आज त होलि पो रहेछ। धेरै बेर पछि रत्नपार्कको एउटा गाडी आयो। त्यसैमा चढे। आज न नितिका थिइन लोकन्थलिमा न त गाडी भिड नै थियो। तर म जादै छु चै कता??मेरो पनि बुद्धिले काम गर्न छिडेछ क्यार आज न कलेज थियो न होलिको कुनै प्लान त्यसै हिडिरहेको छु सायद केइ खोजिरहेछु। माइतीघर आइपुग्दा बाहिर नितिकालाइ देखे!!!म पनि उत्रिएर उसको पछि पछि लागे।थापाथली बस स्टेन्डमा उनि टक्क अढिन।आज न चस्मा लगाएकी थि न ब्याग बोकेकी थिइ, बस उसको हातमा एउटा डाइरी थियो। म अलि पर बाट उसलाइ एकोहोरो हेर्दै थिए।
“आर्यन जि!!!” पछाडी बाट आवाज आयो।
आस्था रहिछे।
“तपाइ याहा??”
” नितिकालाइ गाडी बाट देखे अनि उत्रेको।”
“उम आज उसले थाह पाइ आफ्नु बिमारको बारेमा त्यै भएर भौरातिरहेकी छे”
“अनि याहा के गर्दै छे त”
“कसैको पर्खाइ”
“को??”
“त्यो उसैलाइ थाह होला”
“अनि तपाइ??”
“म उसको पछि लाग्या छु”
“किन??”
“जब जब उसलाइ आफ्नु अतितको बारेमा थाह हुन्छ तब तब उ याहा आउने गर्छे”
“अनि??”
“अनि गाडी चडेर कुपोन्डोल जान्छे”

फ्ल्यास ब्याक।
त्यो दिन जाह बाट यो सब सुरु भयो त्यो दिन पनि उसलाइ आफ्नो हालतको बारेमा ज्ञात थियो।
“आर्यन जि!!” आस्थाको आबाजले फ्ल्यास ब्याक बाट प्रेजेन्ट फ्रन्टमा आइपुगे।
“नितिका गै सकि जउ हामी पनि” नितिका टेम्पु चडेर गैसकेकी थिइ।हमि पनि अर्को टेम्पुमा उसको पछि लाग्यै।
“आस्था… अनि उसको हातको डायरी??”
“त्यो उसको पर्सनल डायरी हो!”
पर्सनल डायरी बाट उसको अतितको धेरै कुरा थाह पाउन सकिने थियो कि।
“आस्था…जसरी भए पनि तिमिले मलाइ त्यो डायरी उपलब्ध गराउनु पर्यो प्लिज”
“उसको फ्यामेली बाट मिल्दैन, कस्तो कुरा नबुझ्या तिमिले!!”
” प्लिज आस्था, म नितिकाको जिबनमा केइ परिबर्तन ल्याउन सक्छु कि, कतिन्जेल उ एत्तिकै बस्छे! कतिन्जेल उसको यस्तो हालत हेर्न सकु??”
कुपोन्डोल आइपुग्यो।
नितिका अघि उत्रेर अघि लागी सकेकी रहिछे।
कुमारी मर्गबाट भित्र गल्लीमा एउटा घरको ढोका ढ्क्ढ्क्याइ। एउटा अधबैंसे मान्छे ले ढोका खोल्यो, नितिका भित्र गै। अनि हामी बाहिर उसलाइ पर्खिरहेउ। भित्र के हुदैछ, यो सब के हुदै छ, इ सबै बाट अन्जान थिए म अनि आस्था पनि।
१ घन्टाको पर्खाइ पछि त्यो घरको ढोका खुल्यो र नितिका रुदै त्या बाट निस्की। हामी छेल्लिन अलि अगाडी बढेउ!!
“तिमिलाइ थाह छ यो कस्को घर हो??” मैले आस्थालाइ सोधे
छैन को भाव सहित मुन्टो हल्लाइ। नितिका त्या बाट रत्न पार्कको माइक्रो चढी। हामी उसको पछि लाग्यै।
“तिमिलाइ चै किन चिन्दिन हँ नितिकाले?” मैले आस्थालाइ प्रश्न गरे।एति खेर हामी गाडी चढी सक्या थियौ।
“म पनि तिमि जस्तै हु,२ बर्ष अगाडी म कौशल्टार मामाकोमा आएको थिए पढ्न!मामा नितिकाको छिमेकी हो।म सधै उ कराएको रोएको सुन्थे। मामाले उसको मानसिक हालतको बारेमा भन्नु भयो। आफ्नौ उमेरको केटिको एस्तो हालत देखेर मेरो मन बिचलित भयो, मायाले कति सम्म गराउछ है मान्छेको जिन्दगी!!” आस्थाको आवाजमा गहन्ता थियो।उ भन्दै गै।
” नितिकाको बाबा हुनुन्न, ममि एक्लै अनि छोरिको एस्तो हालत छ ,कसरी सहनुहुन्छ खै।नितिकाको १२ सक्किएपछि उसको अंकलको संस्था ‘कृमसन नेपाल’ जाने गर्थी, उ सोसियल वर्कमा ब्याचलर्स गर्न चाहन्थी, उसलाइ एस्तो भै सके पछि पनि उसलाइ सधै त्या जान दिने हालत पनि त थिएन, म आए पछि म उसको गार्ड जस्तो भएर सधै जान्थे।खै कैले देखी उ संग लगाभ हुन थाल्यो पत्तै भएन, तर जसले उसको जिन्दगी एस्तो बनाइदियो उसलै भगवानले सजाए अवश्य दिने छ” आस्था भक्कानिन थालेकी थिइ। छेउ छाउकाले हाम्रो कुरा सुन्दै थिए।
“तर तिमिले किन खोजी गरेन उसलाइ कस्ले के गर्यो भनेर, उसको एस्तो हालत कसरी भयो भनेर” मैले उल्टै प्रश्न गरे।
“खोजी गर्न खोजेको हो, खै एउटा केटोले धोका दियो रे अनि डिप्रेशन भएर उसको एस्तो हालत भको सम्म थाह भयो अनि त्यो भन्दा गहिराइमा म जान चाहिन”
गाडी रत्नपार्क आइपुगी सकेको थियो। नितिका बागबजार पुलमा थिइ हामीउसको पछि लाग्यौं।बागबजार होलि मय भएको थियो रंगिन तर हामि तिन जानाको फिक्का होलि भएको थियो आज। उ सिदै कृमशन नेपाल गै। अस्ति आन्टी र दिदिले दिएको रेड सिग्नलको बाव्जुत म उसको पछि पछि कृमशन नेपाल गए। आस्था पनि साथै थिइ।हामी कृमशन नेपाल छिरेउ। भित्र एउटा अधबैसे मान्छेले जबर जस्ती नितिकाको हातमा सुइ घोच्न खोज्दै थियो।

“नितिकालाइ अंकलले निन्द्रको औषधि दिदै हुनुन्छ” आस्थाले भनी। नितिका निदाइ सकेकी थिइ।धन्न आज अंकल मात्र हुनुदो रहेछ अफिसमा नत्र आन्टिले त अस्ति रेड सिग्नल देखाइ सक्नु भएको थियो मलाइ।
” आस्था नानी!! धन्न मलाइ बेलैमा कल गरेउ तिमिले” अंकलले आस्था तिर हेर्दै भन्नु भयो।आस्थाले कति खेर कल गरि अंकललाइ त्यो पनि थाह भएन।
“के इन्जेक्सन नै उसको दबाइ हो त ऐले लाइ” मैले प्रश्न गरे।
“तिमि को??” अंकलको ठाडो र कडा प्रश्न थियो त्यो।
“उ आर्यन हो अंकल,,,,,, त्यो…” आधा शव्द मात्रै भनेकी थिइ आस्थाले।
“ए तिमि हौ त्यो भाइ!!”
“हजुर अंकल” सानो स्वर बनाएर बोले।मेरो बारेमा निकै चर्चा भएको थाह पाइ सकेको थिए मैले।
“हेर भाइ, तिमिले देखी हालेउ नानिको एस्तो हालत छ!! म एक डक्टर भएर पनि केइ गर्न सकि रहेको छैन।” अंकल बाट पनि रेड सिग्नल को चान्स देख्दै थिए म।
“दबाइ भन्दा माया शक्तीसाली हुन्छ अंकल” मलाइ बिश्वास भएन मैले एस्तो भने भनेर।
तर म भन्दै गए ।
“कति दिन उ बाट सत्यता लुकाउने अंकल,अनि जुन दिन उसलाइ थाह हुन्छ उ एत्तिकै भौतारिन्छे,रुन्छे कराउछे, के एस्को कुनै अर्को उपाय छैन??”
” amnesia को कुनै उपाय छैन बाबु!! साचो कुरा भनेर उसलाइ पिडामा दिख्न नसकेर नै हामिले उ बाट सत्यता लुकाएका हौ”
म स्तब्ध!!!!!केइ त गर्न मन लागेको थियो मलाइ नितिकाको लागी तर के मलाइ नै थाह थिएन।
“म नानीलाइ घर लान्छु” अंकलले नितिकालाइ बोक्नु भयो। नितिकाको हात बाट डायरी खस्यो।मैले अंकलले नदेख्ने गरेर डायरी टिपे तर आस्थाले देखि रहेकी थिइ।
“भोली उसले डायरी खोजी भने के गर्ने??” आस्थाले सुस्तरी मलाइ सोधि ।
“ह्या केइ हुन्न, भोली तिमिलाइ भेटेर दिन्छु नि है!!
हुन्छ भन्ने भावले मुन्टो हल्लाइ उसले।
“आस्था नानी!! जाने हैन” अंकलले अफिसको गेट बाट बोलाउनु भयो। आस्था अंकल संगै गाडिमा गै।
मेरो अफिसको टाइम पनि भएको थिएन र आज अफिस जान मन पनि थिएन, हातमा नितिकाको डायरी थियो त्येस भित्र के छ भन्ने उत्सुक्ता मनमा हुदा हुदै म अफिसमा कन्सन्ट्रेट गर्न सक्दिन थिए।झट्ट रितु दिदिलाइ मेसेज पठाए “दिदि आज मलाइ अलि सन्चो छैन, अफिसमा मिलाइदिनु न है” दिदिले जसरी भए पनि मिलाइदिनु हुन्छ भन्ने थाह थियो।
दिउसो २ बजेको थियो,हातमा डायरि बोकेर भक्तपुर बस पार्क तर्फ अगाडी बढे!
बस पार्कमा आज गाडी अलि कम थिए। च्यामसिङको गाडी चढे। आज कति खेर कोठा पुगम भएको थियो। गाडिमा सिट पाको थिए गाडिमै पढ्न थाले। नितिकाको डायरी बाट………..

Date :- असोज ३१,
पहिलो पन्नामा रातो मसिले बेलुन बनाइएको थियो अनि लेखिएको थियो
“Happy Birthday chasmis,a unique gift for a unique girl,”
अब तिम्रो बर्थडे ४ बर्ष पछाडी मात्र आउछ है। 🙂

दोस्रो पानामा लेखिएको थियो,
“चसमिस, मलाइ तिम्रो जिन्दगिको हरेक पलको बारेमा जान्न मन छ।हरेक पलमा तिमि मलाइ सम्झ मेरो स्वार्थ यहि हो।मलाइ तिम्रो भुत बर्तमान र भबिस्य तिमि संग जिउनु छ! भोग्नु छ। यो डायरिको हरेक पानामा तिम्रो हरेक दिनको भोगाइ लेखेर मलाइ मेरो बर्थडेमा रिटर्न देउ है।
-बिक्की

बिक्की?? सायद त्यै केटा हो बिक्की जसले गर्दा नितिकाको जिम्दगी एस्तो भएको थियो।

अर्को पन्ना पल्टाए
– बिक्की !!थ्यान्कयु तिमिले मेरो लाइफमा एति चासो लियै।खै म के लेखम तिमि जस्तो साथी पाएर म धन्य छु।मलाइ अचम्म लाग्छ हामी नभेटिकन कसरी एत्ति सारो मिल्न पुग्यै है…..

अर्को पन्ना पल्टाए
– बिक्की !!थ्यान्कयु तिमिले मेरो लाइफमा एति चासो लियै।खै म के लेखम तिमि जस्तो साथी पाएर म धन्य छु।मलाइ अचम्म लाग्छ हामी नभेटिकन कसरी एत्ति सारो मिल्न पुग्यै है। जे होस ऐले सम्म मेरो सबै कुरा सेर गर्ने साथी तिमि नै हौ।म हरेक दिन बेलुका तिमिलाइ लेख्ने छु यो डायरिमा।
.बिक्कि हामी बोल्न थालेको पनि १ बर्ष बेसि भै सको।हुन त मैले तिमिलाइ सबै थोक भनी सकेको छु मिगमा। मिग बाट भएको हाम्रो भेट अझै याद छ मलाइ मलाइ बोल्ने साथी चाइएको तिमिलाइ पनि। मेरो स्कुलको साथी अस्मिताले भेट गराएकी थिइ च्याट रुममा। तिम्रो बोल्ने तरिका, अरुलाइ केयर गर्ने बानी खुब रुजेको थियो मलाइ। तिमिलाइ त थाह नै थियो म १० मा पढ्थे, म ममिको मोबाइल बाट मिग चलाउने गर्थे।स्कुल बाट आउने बित्तिकै बाट तिमि संग च्याट गर्न आतुर हुने गरेको थिए अलि पछि बाट मलाइ तिम्रो बानी परि सकेको थियो। मेरो बाबा हुनुन्न म ८ पढ्दा बाबाको मृत्यु भएको थियो।सानु उमेरमा नै मैले धेरै कुरा सहेको छु। बिक्की बाबाको मृत्यु पछि, ममिले कति संघर्स गरेर मलाइ पढाउनु भएको थियो मलाइ।
“लोकन्थली आउनुस है लोकन्थलि…..” खलासिको आबाज सुने। डायरी बन्द गरेर पैसा निकाल्न थाले। कौशल्टार आइ पुग्यो, कति खेर कोठा पुगेर डायरी पढुम भएको थियो।
अशोक कोठामै रहेछ भित्र छिर्ने बोत्तिकै भन्यो
“आज अफिस गैनस!!!”
“जानै मन लागेन”
“अनि होलि कता मनाइस त बिहान तलाइ होलि लगाउन नपाइ तँ हिडिहालिस”
“नितिकाको पछि गको थिए!!!” छोटो जवाफ दिए।
अनि लुगा पनि नफेरी फेरि घोतलिए त्यै डायरिमा।
“अनि यो डायरी?……” अशोकको जिज्ञासु प्रश्न
“यो नितिकाको पर्सनल डायरी, उसको अघिल्लो जिन्दगिको बारेमा केइ जानिन्छ कि भनेर…” मैले भने
“आजै पढी सक्नु पर्ने……”
“ए भाइ रात बित्छ सबै पढ्दा”
“अनि के गरम त??”
“हेर भाइ मुख्य मुख्य कुरा हाइलाइट गर्दै पढ न सब बुजिन्छ, साला एक्जाममा त त्यसै गरेर पढ्छु ” अशोकले हास्दै भन्यो।
हुन पनि अशोक को कुरा ठिकै थियो। अब सर-सर्ती पढ्न थाले।

. सरर!!!
तिमि बिरामी भएको खबरले दुखी भए बिक्की,

.सरर!!!!
आज तिमिले प्रपोज गरेउ।तिमिले माया गर्छौ थाह छ बिक्की , म पनि गर्छु तर तिमिलाइ स्वुइकार्न नि सकिन नकार्ननि !!! केइ जबाफ नदेकोमा रिसायै होला है??

.सरर!!!!
हो!! बिक्की i love u, मेरो जिन्दगिको सबै भन्दा खुसिको पल!!

.सरर!!!
तिमि संग च्याट गर्दा गर्दै मामुले मोबाइल खोसिदिनु भयो,, सायद थाह भयो मामुलाइ हाम्रो बारेमा अब के गर्ने!!!

.सरर!!!
आज शोभा दिदि आइसेको थिय मामुम सबैे सुनाइसेछ!!! मलाइ सम्झाउनु भयो,,,,,,
तिमि काठमाडौं आएको खबरले, सारै खुसी छु बिक्की!! तिमिलाइ भेट्न आतुर छु।डेढ बर्स भयो बोल्न थालेको अब बल्ल तिमिलाइ देख्न पाउने भए।।
“पहिलो भेटको बारेमा त पुरै पढ्न पर्छ” मन मनै सोचे।

चैत्र २१
बिक्की, आज तिमि संगको भेट मेरा लागी अविश्मरणिय भयो।मिग देखिको हामो प्रेम काहानीले बल्ल आज सार्थक्ता पाउदै छ।पहिलो चोटी तिमिलाइ देख्दा भेट्दा कस्सम होला मुटुले ठाउ छोड्छ झै भएको थियो।धन्न अस्मिता थिइ मलाइ सम्हाल्ने।जति तिमि बोलिमा राम्रो छौ त्यो भन्दा राम्रो यथार्थमा रहेछौ।आज त निन्द्र पनि लाग्दैन होला मलाइ, म एत्ति खुसी छु बिक्की, thank you, मलाइ एत्ति धेरै माया गरेकोमा।अनि तिमिले दिएको टेडि सधै मेरो प्यारो रहने छ।हेरन तिमिलाइ भेट्ने खुशीले तिम्रो लागी गिफ्ट लिनै बिर्सेछु।

.सरर!!!!
हाम्रो दोस्रो भेट तिम्रो अंकलको घर कुपोन्डोलमा, अंकल अनि आसिस दादा कति मिजासिलो हुनुदो रहेछ।वाहहरुले के सोच्नु हुन्छ भन्ने पिर परिरा थियो मलाइ।

.सरर!!!
आसिस दादाले कल गर्नु भको थियो तिमि बिरामी परेको परेकै छौ रे!!! प्लिज चेक गराउन जाउ न। म कति सम्झाउनु तिमिलाइ।

.सरर !!!
धेरै दिन भो बिक्की तिमिलाइ भेटेको, फेसबुक,मिगमा पनि रामरि बोल्दैनै, कल पनि उठाएनै अनि आसिस दादालाइ कल गरेको!!! हाम्रो केइ पर्सनल कुरा सुनाएको छै तिमि किन आजकलअ संग त्यसै झर्किन्छौ।बिक्की तिमिलाइ थाह छ त म तिमिलाइ कति माया गर्छु भनेर।।

.सरर !!!
७ दिन भै सको तिम्रो केइ खबर छैन, फोन पनि अफ राख्या छौ!!इ दिनहरु मैले कसरि बिताइदै छु तिमिलाइ केइ थाह छ। तिमिले दिएको टेडि च्यापेर हरेक रात रुने गर्छु। बिक्की तिमिले किन माया मार्यै। के अब तिमिलाइ यो फुच्छु चस्मिसको माया लाग्दैन??

.सरर!!!
म बाट के गल्ती भयो, बिक्की प्लिज भन बोरु झगडा गर तर एसरी इग्नोर नगर!! तेत्रो मेसेजको एउटा रिपलाइ भए पनि देउ।बिक्की प्लिज।।

.सरर!!
आसिस दादाले भनिस्यो तिमि गयै रे!! एक चोटी भए पनि भेट्न त सक्थेउ।इ सबका बबजुत मलाइ लाग्थ्यो,तिमि मलाइ छोड्ने छैनौ ,तर म यो सत्यता किन मान्न तयार छैन कि म तिम्रो लागी प्रसस्त छैन अब।म सोच्न पनि सक्दिन थिए एस्तो हुन्छ भनेर।तर म तिमि संग रिसाको छैन!! हो म रिसाउनु पर्ने हो!! तर छैन।मलाइ मात्र पिडा भै रहेको छ!धेरै पिडा।म रोएर अझै थाकेको छन,म सोच्थे म सहन सक्छु तर म गलत रहेछु।यो डायरी लेख्दै गर्दा मेरा आसु रोकिएको छैन बिक्की, यो डायरिल तिम्रो सारै याद दिलाउछ, त्यसैले म आज बाट यो डायरी लेख्न छोड्दौ छु। तर एक न एक दिन म यो डायरी तिमि समक्ष पुर्याएरै छोड्नेछु तिमिले आफ्नु बचन न निभाए पनि म आफ्नु बचन निभाउने छु।

तर एक न एक दिन म यो डायरी तिमि समक्ष पुर्याएरै छोड्नेछु तिमिले आफ्नु बचन न निभाए पनि म आफ्नु बचन निभाउने छु।
त्यस पछि त्यो डयरि खालि थियो।
मेरो दिमाग पनि खाली भयो!!!मन स्तब्ध, अनि गह भरी आँसु।मन त लागेको थियो कि ऐले गएर बिक्कीलाइ एक चड्काइदिउ, नितिकाको एस्तो हालत किन बनाइस भनेर प्रश्न गरौ।
रातको १० बजि सकेको रहेछ एति पढी सक्दा।खाना पनि खान मन लागेन। अघि कति खेर “भाइ खाना खान आइज, अनि पढ्लास ” भनेको त सुनेको थिए।तर म त्यो डायरिमा एत्ति डुबि सकेको थिए कि “म खाना खान्न “भन्न पुगेछु। अशोक सुतेको थिएन। मेरो गह भरी आँसु देखेर सोध्यो “के रैछ त डायरिमा?? किन रोको”
“बिक्किले नितिकालाइ छोडेछ!! उसको जिन्दगी बर्बाद गर्दियो यार त्यसले” अनि त्यो डायरिको सारंश सबै सुनाए अशोकलाइ।
“अब छोड्नेलाइ के नै भन्न सकिन्छ र!!!”
“हैन नि अशोक त्यसरि अर्काको जिन्दगी बर्वाद पार्दिनु त हुदैन नि”
“केइ समय, सामाजिक संजालमा भेटेको मान्छेलाइ आफ्नु जिन्दगिको सब थोक मान्ने ,आफ्नो मनपेट दिएर माया गर्नेको नै गल्ती देख्छु म त”अशोकले अलि गम्भिर भएर बोल्यो।
“यो माया भन्ने चिज एस्तै हो अशोक के गर्छस आफ्नु कन्ट्रोलमा हुन्न कहिले को संग हुन्छ भनेर”
“अब के गर्छस त,जे हुनु भै सको अब चाहेर पनि नितिकाको जिन्दगिको १.५ बर्ष फिर्ता आउदैन”
अब के गर्ने यहि प्रश्नले मेरो दिमाग हल्लिरहेको बेला
“त्यो बिक्की काहा बसेको रे काठमाडौ मा??”अशोकले बोल्यो
“कुपन्डोल !!!अंकलकोमा”
“घर कता हो थाहा पाए त गएर बुझ्दा हुन्थ्यो बिक्किको बारेमा, केइ नभए बिक्किलाइ यो डायरी पुर्याउदा केइ बुझ्थ्यो कि नितिका ऐले कुन मानसिक तनाब संग लड्दै छे भनेर”
“बास्तबमा हिजो…. नितिकाको पछि आस्था र म कुपन्डोल पुगेका थियै त्या उ एउटा घरमा छिरेकी थिइ, पक्कै त्यो घर बिक्कीको अंकलको हुन पर्छ” मलाइ पनि छर्लङ्ग हुँदै थियो नितिका किन यो डायरी पढे पछि भैतारिदै कुपोन्डोल जान्छे भनेर।भोलि बिहान आस्था संग कुपन्डोल जान्छु सोचे। भोली पल्ट बिहान सदा झै कौशल्टार चोक निस्किए। र त्यै आफ्नै रुटको गाडी पर्खिए गाडि आयो “पुतलीसडक बागबजार रत्नपार्क है रत्नपार्क …”को मन्त्र जप्दै। खलासी सधै झै किच्च हास्यो।मेरो तर्फ बाट पनि फिस्स फिर्ता गयो।
लोकन्थली आइपुग्दा मुटु ढक्क फुल्यो,मन मनै प्राथना गरे आज चै नितिकालाइ आफ्नु मानसिक हालतको बारेमा केइ थाह नहोस भनेर। उ सधा झै उइ आबरण उइ उत्साहका साथ गाडिमा चढि। इयरफोन आफ्नो ठाउमै थियो।उ मलाइ देखेर मुसुक्क हासी,सायद आज मुड ठिक थियो या सायद गाना सुनेर मुस्कुराइ रहेकी थिइ तर जे होस उसको त्यो मुस्कानले मेरो दिमाग सब चङ्गा भयो।आस्था उसको पछि पछि गाडिमा चढी। कोटेश्वर आइपुग्दा सम्म म नितिकालाइ हेरेर मुस्कुराइनै रहेको रहेछु। उ घरी घरि मलाइ हेर्थी पुलुक्क।
“तपाईं कृमशन नेपालमा काम गर्नु हुन्छ हैन?” सोधेर कुरा सुरु गरम सोचे! तर होस सधै उस्तै के हुन्थ्यो र?
आस्था अलि भित्र सरि म भएको ठाउँसम्म
“आर्यन, कता टोलाको??”
“नितिका आज निकै खुसी छे, उसको चम्किलो मुहार देखेर म अर्कै संसारमा पुग्छु!”
“अर्को संसारमा पुग्न छोड सुरुमा डायरी देउ!! अंकलले डायरी अफिसमै छुटेछ भन्दै हुनुन्थो गाडिमा हिजो”
“हैन!! यो डायरी बिक्की समक्ष पुर्याउनै पर्छ”
“तर कसरी, बिक्की त छैन याह”आस्थाले भनी।
“तिमिलाइ कसरि थाह भयो, बिक्की याहा छैन भनेर??अनि हिजो सोद्दा त त्यो कस्को घर हो थाह छन भन्थेउ त??”जिज्ञासु र संकालुमन कुरो ठ्याक्कै समाए।
“याक्चुली!! मैले नितिकाको डायरी पढी सकेको थिए, म एक दिन, नितिकाको पछि पछि अंकलको घर सम्म नि पुगेको थिए तर बिक्की त्या छैन भन्ने थाह भयो, केटि मान्छे , त्यो भन्दा अगाडि बढ्न नि सकिन हिजो जब तिमिलाइ थापाथलीमा देखे अनि तिमिले बिक्की संग सम्पर्क गर्ने केइ जुक्ती त अपनाउछौ नै भन्ने लाग्यो, तिमी उत्सुक थियौ नितिकाको बारेमा जान्न त्यसैले मैले कथा सुनाउनु भन्दा उसको बेथा आफै पढेउ भने केइ गर्छौ कि जस्तो लाग्यो, हेर आर्यन अब हामिलेनै नितिकाको लागि केइ गर्न पर्छ, बिक्की फर्कियो भने सायद नितिका ठिक हुन्छे कि!!” एकै सासमा एति भनी सके पछि आँखा रसिला पारी आस्थाले।मैले सान्त्वना भावले मुन्टो मात्र हल्लाए।
माइतीघर आइपुग्यो। नितिका आफ्नै सुरमा गाना सुनी रहेकी थिइ।आस्था र म माइतीघर उत्रिएर थापाथली बस स्ट्यान्ड तर्फ अगाडि बढ्यै।एक शब्द पनि नबोली हामी कुपोन्डोलको टेम्पु चढ्यै।
कुमारी मार्ग बाट भित्र हिजोकै बाटो गएर ,त्यै घरको ढोका ढक-ढ्काए।एउटा २१-२२ बर्षको देखिने केटोले ढोका खोल्यो।
“हजुर!! कस्लाइ खोज्नु भको….?”उसले भन्यो
“बिक्की??”…..
कुमारी मार्ग बाट भित्र हिजोकै बाटो गएर,त्यै घरको ढोका ढक-ढ्काए।एउटा 21-22 बर्षको देखिने केटोले ढोका खोल्यो।
“हजुर!! कस्लाइ खोज्नु भको….?”उसले भन्यो
“बिक्की??” मैले भने
“उ याहा बस्दैन ऐले” उस्ले भन्यो।
“काहा छ त??”
“तपाइले बिक्किलाइ किन खोज्नु भको?को हो तपाइ?”
मैले ब्याग बाट डायरी निकाले!! उसले डायरी देख्ने बित्तिकै भन्यो
” यो त नितिकाको डायरी हो ,हैन??”
“हो!!अनि यो डायरी बिक्किले पढ्नै पर्छ,नितिकाको त्यस्तो हालत पारेर काहा लुकेको छ त्यो,??” म अलि जंगिए
“तपाईं को हो बिक्किलाइ त्यस्तो भन्ने, तपाइलाइ केइ आइडिया छैन यो सब के हुदैछ भनेर” उ पनि जंगियो
हो पनि आखिर म को थिए त ,न नितिकाको न बिक्किको । मलाइ कसले हक दियो उसलाइ एस्तो भन्न।
“हेर्नुस म !! म नितिकालाइ माया गर्छु, उसलाइ ठिक पार्न सकिन्छ कि भनेर….. सायद बिक्की संग गफ गरि, आफ्नो मनको कुरो निकाल्न पाई भने उ ठिक हुन्छे कि….” म अलि भावुक भए।
आउनुस भित्र!! उसले बल्ल हामिलाइ भित्र आमन्त्रित गर्यो। हामी सिदै उसको कोठामा गयै।उसको कोठामा उसको फ्यामेली फोटो अनि साथी हरुको फोटो टासिएको थियो। आस्था र म एक अर्कालाइ हेर्दै अलि डराए झै अलि धकाए झै सोफामा बस्यै।
प्रश्न हरुको गाठो मनमा भारी भएर, कति खेर बिसाउ भएको थियो।
“तपाइले यो डायरी पढ्नु भयो??” मैले उसलाइ सोधे।
“पटक-पटक जब जब नितिका याहा आउथी तब तब, अनि पटक पटक रोएको छु, नितिका संगै।त्यो आशिष मै हु।”
हो कोइ त भेटियो बिक्किको बारेमा थाह हुने!!!उसको कुरा पनि त सुन्न पर्यो।
“तिमिलाइ त सबै थाह छ आशिष, भन न त यो सब के भको?” सब थोक क्लियर गर्ने अब आशिष मात्र थियो।
“म सुरुबाट सबै भन्छु।बिक्की र म सानू देखिको साथी हो।हाम्रो घर बिराटनगर।पछि बाबाको एता सरुवा मिलाउनु भयो अनि +2 पछि एतै पढाउने भनेर एतै घर बनएको।तिमिलाइ थाहा छदै छ, बिक्की र नितिकाको भेट मिग बाट अस्मिताले गराएको हो भनेर।actually अस्मिता मेरो गर्ल फ्रेन्ड हो।हाम्रो पनि मिगको च्याट रुम बाट भेट भएको थियो, हाम्रो एक अर्का संग खुब गफ हुन थालेको थियो।६ महिना जति खेरै च्याट गरे पनि प्रपोज गर्न सकेको थिइन।एक दिन बिक्कि र म संगै दारु खादै थियौ,त्यति बेला पनि म अस्मिता संग च्याटमै बिजि थिए।बिक्किले रिसाएर फोन खोसिदियो।
“दारु खाको मजा खराब नगर नमुला, कति झुन्डिन्छस त्यै केटिको पछि, प्रपोज चै गर्नु छैन।”
उसले रिसाउदै भनेको थियो। ल ल अब बाइ भनेर बन्द गर्छु मैले भने।छोड म आफै बाइ भन्दिन्छु भन्यो अनि।बाइ भने ला मोबाइल भनेर मलाइ फिर्ता दियो। म्यासेज हेरे, उसले त दारुको तालमा अस्मितालाइ प्रपोज गर्दिएछ।एक छिन त रिस उठ्यो तर जब अस्मिताले पनि मलाइ मन पराउछु भनी, अनि खुसु भए। बिक्कि निकै मिजासिलो मान्छे थियो।उ ब्याचलर्स उतै पढ्ने भयो अनि म एता,अस्मिता पनि काठमाडौमै बस्थी। हाम्रो भेट यहि आएर त भएको हो।बिक्किलाइ सधै म धन्यवाद दिन्थे, सायद बिक्किले त्यो दिन प्रपोज नगरेको भए हामी ऐले सम्म साथी मात्र हुन्थेउ होला। उ फोन गरि रहन्थ्यो हामी दुबैलाइ भेट्न आइजन भन्दा, एउटा गर्लफ्रेन्ड मलाइ नी खोज्देउन अनि आउछु भन्थ्यो रे अस्मितालाइ ” मेरो बेस्ट फ्रेन्ड र तिम्रो बेस्ट फ्रेन्ड हामी ४ जानाको जोडि कस्तो दामि होला है” मलाइ भनि रहन्थी, एक दिन हामी चार जानाको ग्रुप च्याट बनाइछे अस्मिताले।अनि बिक्की र नितिका बोल्न थाले।” आशिष भन्दै गयो आस्था र म सुन्दै गयौ।
“नितिका अस्मितालाई सुनाउथी अनि बिक्की मलाइ, दिनकै के भयो भनेर!!!एक अर्का संग खुब मिल्न थालेका थिए दुबै जाना!!
दसैमा म बिराटनगर गएको थिए। २-३ महिना पछि हाम्रो भेट हुँदै थियो।संगै बसेर दारु नखाने कुरै थिएन तेइ माथी दसैको बेला ।
“एत्रो भै सको नितिकासंग बोलेको प्रपोज गर्दैनस नितिकालाइ।” म जिस्काउथे बिक्किलाइ।
“भाक मुला!! उसले नराम्रो मानी भने ,भको दोस्ती नि टुट्छ।”
” मलाइ त खुब लाछी र साछी के के भन्थिस त!!
जब आफ्नो पालो आयो अनि थाहा पाइस हैन।” म अझै जोसिए।”एस पाली प्रपोज गरिनस भने, तेरो आइडी बाट मै प्रपोज गर्दिन्छु।”
साथिको लागि राम्रो सोचेको थिए या मलाइ दारु लागेको थियो। हो!! मैले एसै भने।
“ल!ल तर नितिकाको बर्थडे आउदै छ, बर्थडे पछाडी प्रपोज गर्छु!”उसको बोली लर्बरिदै थियो।
“गिफ्ट के दिन्छस त?”मैले सोधे।
“गिफ्ट किनेर तयार छ!! त जादा लगिदे है” उसले भन्यो।
दसै सकियो, म काठमाडौ आए आउदा बिक्किको गिफ्ट यहि डायरी साथै ल्याए। असोज ३१, नितिका लिप इयरमा जन्मेकी ४ बर्षमा एक चोटि बर्थडे आउथ्यो। त्यो दिन अस्मिता र मैले नितिकालाइ बर्थडे सप्राइज दियौ।उ निकै खुसी थि। जब मैले बिक्कीको गिफ्ट उसलाइ दिए उसको खुशिको सिमा थिएन।
त्यसको दुई हप्ता पछि बिक्किले प्रपोज गरेछ,नितिकालाइ तर नितिकाले केइ यान्सर दिइन भन्दै फोन गर्या थियो मलाइ।नितिकाले सुरुमा त केइ भन्न सकिन रे अनि अस्मितालाइ सोधीछे एस्तो एस्तो भयो के गरम भनेर।अस्मिताले मान्छे ठिक हुनुन्छ, फेरि आसिषको साथी हो, हुन्छ भन्दे भनिछ। अनि चल्नथालेको हो तिदेर्को।बिक्की बिरामी भै रहन्थ्यो, सानै बाट रोगी थियो त्यो।एक दिन अचानक कलेजमा फेन्ट भएछ।अनि हस्पिटल लग्दा उसलाइ मुटुको बिराम लागेको थाह भयो। भोलि पल्टै अंकल(बिक्किको ड्याड)ले मेरो बाबालाज कल गर्नु भयो। चेक अप गर्न काठमाडौ आउने भयो बिक्की।बिराम ठूलो नभएको बताएछ नितिकालाइ। एति बेर सम्म उनी हरुको प्रेम सम्बन्ध एकदम गहिरो भैसकेको थियो।बिक्की काठमाडौ आउने खुशी सबैलाइ थियो। अस्मिताले पनि उसलाइ भेटेकी थिइन।हामी भेट्ने भयौ फन पार्कमा।याहा कुपन्डोलबाट बिक्की र म,अनि उता बाट अस्मिता र नितिका आउने। भेट हुने फन पार्क।बिक्कि र नितिकालाइ एक्लै छोडेर हामी अर्को तिर लाग्यै।
एकै छिनमा बिक्किले म्यासेज गरेको थियो मलाइ गारो भयो यार भनेर। उसलाइ फेरि मुटु दुख्यो रे, मैले न नितिकालाइ केइ भने न अस्मितालाइ ! हामिलाइ हतार भयो अब जाने भनेर तुरुन्तै त्या बाट निस्कियौ। अनि हस्पिटलको बसाइ भयो त्यसैल्स निकै दिन उसको फोन अफ भयो.
एकै छिनमा बिक्किले म्यासेज गरेको थियो “मलाइ गारो भयो यार “। उसलाइ फेरि मुटु दुख्यो रे, मैले न नितिकालाइ केइ भने न अस्मितालाइ ! हामिलाइ हतार भयो अब जाने भनेर तुरुन्तै त्या बाट निस्कियौ। अनि हस्पिटलको बसाइ भयो त्यसैले निकै दिन उसको फोन अफ भयो।सबै चेकअप गराउन लगभग १ हप्ता जति लाग्यो।त्यति बेर सम्म नितिकाले धेरै म्यासेज गरेको थिइ।१ हप्ता पछि रिपोर्ट आयो। रिपोर्टमा, बिक्किको मुटुमा पुवाल छ भन्ने देखियो।
मैले नितिकालाई खबर गर्न खोजे तर बिक्किले दिएन।
भन्थ्यो “आशिष मेरो भर छैन!! जब ठिक हुन्छु तब आफै भन्छु त उसलाइ केइ नभन”
एक दिन नितिकाले मलाइ रुदै रुदै कल गरेकि थीइ।
“दादा, बिक्की म संग रमरी बोदा पनि बोल्दैन आजकल, खाली इग्नोर गर्छ मलाइ! प्लिज दादा उसलाइ एकचोटी कल गर्न लगाइदिनु दादा प्लिज”
बिक्की हस्पिटलमा थियो त्यति बेला, उसको अर्को हप्ता अपरेसन थियो।म उसलाइ भेट्न गएर भनेको पनि हो कि “बिक्की तैले नितिकालाई किन इग्नोर गरेको साचो साचो भन्देन सब, अनि ठिक भए पछि भेट्लास न, नितिका पुरै तनावमा छे ऐले, उलाई डिप्रेशन भएको कुरा सुनेको छु”
” जमिनमा बसेर आकाशको तारा छुने आश गर्नु हुन्न रैछ आशिष, नितिकाले ऐले एक दुई दिन टेन्सन लिन्छे, म संग रिसाउछे गाली गर्छे अनि आफै ठिक हुन्छे तर मेरो मृत्युको खबरले उ जिन्दगी भर तड्पिने छे” बिक्कीका गह भरी आँसु थिए अनि मेरो पनि।
” त ठिक हुन्छ्स केटा!! किन त्यस्तो भन्छस, अर्को हप्ता तेरो अपरेशन छ,त ठिक भै हाल्छस नि” मैले रुदै रुदै भने “बाच्ने चान्स एकदम कम छ रे डाक्टर र बाबा गफ गरेको सुनेको मैले याहा याड्मिट हुनु भन्दा अगाडि, आशिष तलाइ मेरो कसम नितिकालाइ यो कुरा कहिले भन्ने छैनस, उसलाइ थाह नहोस कैले …”
आशिषको कुरा सुनेर मन ढक्क फुलेर आयो। आङ सिरिङ्ग भयो। मनमा एउटै प्रश्न थियो। के बिक्की ठिक छ त ऐले।मैले हतास भै सोधे।
“आशिष, अनि बिक्की???”
“बिक्की अब यो संसारमा छैन”
आशिषको यो शब्दले मुटु काम्यो।
एक छिन कोठा मौन रयो।
“अनि नितिकालाइ के भनेर पठाउ थियौ त, उसको रोगको बारेमा थाह पाए पछि के गर्यौ”
“बिक्की धोके बाज निस्कियो मलाइ माफ गर नितिका बिक्की ऐले बिदेश गएको छ। पढाइ लेखाइ पनि छोड्दियो।” एस्तै एस्तै केइ भनेर टार्ने गर्छु।
“नितिकाले त्यो psychological trauma थेग्न नसकेर, सामान्य मेमोरी लस भए जस्तो लाग्या थियो तर उसक्ल एस्तो हालत एस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइन ।”
“पुरानो आगोले नया घाउ बन्न नदिनु भन्थे बुढा पाका हरु तर नितिकाको जिन्दगिमा बारम्बार त्यै पुरानो घाउ त्यै पुरानै आगोले आलो बनाउदै थियो।
आशिष संग निकै बेर गफ गरेपछी। अब के गर्ने भन्ने निर्णय लिन नसक्ने भएका थियौ हामी। हामी त्या बाट अँध्यारो मन लिएर निस्कियौ।आस्था पनि मौन थि म पनि।
“तिमी धन्य छौ आर्यन, कि नितिकालाइ एति माया गर्छौ तर हेर हामिले उसकालागी गर्न सक्ने जति सबै गरेका छौ न उसको रोगको कुनौ उपचार नै छ  ।”
“म बिहे गर्छु,नितिकालाइ” म जोस्सिए ।
“यो कसरी सम्भभ छ,उसलाइ तिमी उसको पति हो भनेर दिन दिनै चिनाउन सक्छौ।अनि जब उ आमा बन्ने हुन्छे उसलाइ कसरी सम्झाउछौ??”
म सधै उसका लागि अपरिचित नै रहने छु।
म मौन भएर फर्के अशोक,केइ गर्न सकिन सक्दिन अब।

म अशोक यो कथाको लेखक आर्यन मेरो भाइ हो, उसले मलाइ १६ दिन लगाएर आफ्नो कथा सुनायो अनि मैले उसैको बोलिमा कथा लेखेको हु।यति भन्दै उ रुन थालेको थियो। अनि मलाइ पनि भावुक बनायो।
“कथाको अन्त्य मन परेन नि भाइ ” मैले एत्ति भन्न सके गह भरी आँसु लिएर।
त्यस पछि हामी कोठ सरेर बानेश्वर आयौ। तर अझै पनि आर्यन बानेश्वर बाट त्यै गाडी चड्ने गर्छ।
“तपाईँलाई बागबजार मा देख्ने गर्छु।”
“तपाईं कृमशन नेपालमा काम गर्नु हुन्छ हैन”
आज पनि एस्तै अनेक प्रश्न गरेर उ नितिका संग बोल्ने गर्छ।मलाइ आफुलाइ पनि बिश्वास लाग्दैन कि मेरो भाइले कसैलाक एति हद सम्म माया गर्छ।

उ भन्ने गर्छ –
“प्रेममा जब सम्म बिछोड हुदैन नि तब सम्म त्यसको गहिराइ थाहा हुदैन रैछ”

Advertisements