गरिबि

​टन्टलापुर घाम लगेको थियो, बैशाकको महिना गर्मी एस्तो थियो कि खोला तातेर माछा मरेका थिए, …. आइतबारको दिन थियो ,लाग्थ्यो आज बादल र सुर्यको लडाइमा जित सुर्यको भएको थियो, 10 बजे तिर म र मेरो साथी बिर्तामोड मुक्ती चोक तिर निस्किएउ , सनिस्चरे जने बाटो तिरको पिपल को बोट्मुनी ओसमा बाइक राख्यो साथिले ताकी फर्किदा बैठक न पिल्सियोस, नजिकैको ठेलामा गएर चियो मगाएउ, त्या माहोल हेर्दा लडाइ सक्किएर सुन्सान भए जस्तो थियो, रुखको एउटा पात हल्लिएको थिएन , पिच रोडबाट बाफ उठेको देख्न सकिन्थ्यो।
नजिकैको चिया पसलमा बुढाहरु गफ गर्दै थिए, “बल्ल तल्ल संबिधान आयो अब यो देशको लेइ होलाकी भनेको मुर्दा भारतले नाका बन्दी लगाएर हैरान परो”, एउटा बुढा कड्किए “केपि वोलिले केइ गर्छन जस्तो छ” अर्काले भने ,, नजिकै अर्कै टेबलमा बसेका बृद्धले उठ्दौ भने ” साला सप चोर हुन राडिका बान हरु” .. बुडा हरु अरु पनि केइ भन्दै थिए तर नजिकैको हो-हल्ला ले ध्यान मोडियो हाम्रो  एउटा सुटबुट लगाएको मान्छे रिक्सावाला संग बार्गेनिङ गर्दौ थियो, 

“इ साला हरुले हो देश बिगारेको “साथी चिसो एक सुरुप लिदै बोल्यो. सुट्बुट लगाउछन अनि बिचरा रिक्सावाला संग बार्गेन गर्छ, ५ रुपे मुत्न खर्छ गर्न सक्छन तर रिक्सावाला संग तेइ ५ रुपेको लागी लड्छन.. त्यो रिक्सावालाको अनुहार हेरे, पसिना हैन रगत चुहाएजस्तो देखिन्थ्यो, जाहा हामी घाम बाट छलिन ओत खोज्दै थिम उ तेइ घाममा मेहेनत गरिरको थियो, उस्को सरिर कालो भको थियो घामले डढेर, जब त्यो मान्छे गयो हामी रिक्सावाला संग गएउ, “कता जने दाजु” उस्को आमन्त्रण आयो , कतै जाने हैन तर त्यो मान्छेले किन बार्गेन गरेको भनेर सोधेउ, चारजाना एउटै रिक्सामा चडेर आका रैछन, मोटा मोटा सप केटा केटि भनेर के गर्नु तपाइ गरुकै बराबर हुदा हुन!! याहा सम्म आएको १० रुपे बेसि त मागेको हु!!

निक्कै बेर गफ गरिसके पछि थाह भयो त्यो रिक्सा उस्को आफ्नो रैनछ, साउको रिक्सा चलाएर जान परिवार पाली रहेको रहेछ, उस्को छोरी जो पढ्न अति मन गर्दी रहिछे,तर किताबको लागी पैसा पर्याप्त छैन रैछ “अलि अलि पैसा जोगारे छोरिको लागी किताब किनि दिन्छु हजुर” गम्छाले रसाएको आखा पुछ्दै उस्ले भन्दा हाम्रो मन चस्स काडाले घोचे जस्तै भयो, “ए दाइ जाने हो” एउटा कस्टमर भेटिएर हामी संग छुट्टियो।

कुनैपनी सामान सिधै कम्पनिबाट किन्दा सहुलियत दाममा पाइन्छ तर मार्केटिङ , बिज्ञापन, मिडिया तेस्को भाउ बढेर आउछ, अब इ बिचराहरुको बिज्ञापन कस्ले गर्देला।

त्यतिकैमा रस्ता हाउस को फिक्स रेट सेल बाट एक हुल मान्छे निस्किदै गरेको देखिए, पैसाका धनी मानवता गरिब व्यक्ती हरुको भिडमा थे ति सुट-बुट लगाएको मान्छे र उस्को खाइलाग्दो परिवार।

Advertisements

रबि

​”ओइ साले बाइकको चाबी का छ छिटो ले??

रवि को आवाजले बिउजिए।घडी हेरे बिहानको 5 बज्दै थियो!!

“हैन मु* एका बिहान कुकुरले गु नखाइ त चै काता लागिस”??

“ह्या चाबि ले न खुरुक्क, आज प्रतिमा संग डेट छ क्या!!”

“ल मु* मोज गर” यति भनेर निस्केको रवि…
.

. 11 बजे तिर मलाइ फोन आयो रविको बाइक दुर्घट्ना भएछ!!!म आछ्छु आछ्छु भए, मन खंरङग भयो!! बिहान हस्दै निस्केको रवि घाम डुबे झै अस्तायो कहिले नउदाउने गरि।रुम मेट भन्दा पनि भाइ जस्तो थियो रवि।

म हतारिदै लुम्बिनी अस्पताल पुगे।

रविको लास पोस्टमार्टमको लागी लगिएको रहेछ!!यो सब एति चाडो भयो कि मैले केइ बुज्नै सकिराको थिइन!!रुन मन लागेको थियो तर को संग रोउ आफै समालिनु पनि छ। मनमा ढ्याङ्रो बज्दै थियो जब मैले रविको बुबालाइ फोन लगाए।के भन्ने कसरी भन्ने कि अब रवि रहेन ,रवि अस्तायो नउदाउने गरि  बादल पारिको देशमा लुक्न गयो रवि हामी सबलाइ छोडेर।भक्कानिदै जसो तसो खबर गरे  बुबालाइ बुबा फोनमा रुन थाल्नु भयो, आमा मुर्छा  पर्नु भयो।अनि म ,,,,होसमा थिइन अन्धकारले छोपे जस्तो भएको थियो। भोली पल्ट पोस्टमार्ट्म रिपोर्ट आए पछि रविको शरिरलाइ शव बहानमा हालेर घर लगे घरमा रुवा बासिको माहोलले मलाइ झन बिचलित बनायो।इन्जिनियरिङ्ग  पढ्न पठाको हट्टा-कट्टा छोरो छिया-छिया भएर प्लास्टिकमा पोको परेर आएको थियो। रुदा रुदा रुद्र घण्टी किल किल गरेको बालाइ नरुनु बा पनि भन्न सकिन,, झन ममताले भरिपुर्ण आमाले आफ्नु अंग गुमाएकी थिइन !!!उनलाइ के भनेर सम्झाउथे….
.

.

.

.

केहि दिन पछि.
 रवि गै सके पछि मलाइ त्यो रुममा बस्न मन लागेन। उस्को यादले सताउदो रहेछ!

प्रतिमा पनि आफ्नो प्रेमी गुमाएर एकोरिएकी थिइ! उस्लाइ सम्झाउन बोलाएको थिए लुम्बिनी तन्दुरी होटल। “मैले असल साथी गुमाए  तिमिले प्रेमीं, भाग्यमा एस्तै रछ अब दुख मनाएर कति दिन बस्ने” आफु नसमलिएको बेलामा म उस्लाइ सम्हाल्दै थिए।

” सर!! के लिनु हुन्छ”?? वेटर बोल्यो 

“दुइ वोटा चि…… मेरो बोलि एत्तिमै अड्कियो 

प्रतिमा कराइ “रबि……!!!””अनि बिहोश भै 

हो त्यो रवि थियो !!!उस्लाइ अब भाग्न पाउदैनस भने जसरी कसेर अंगालो हालेर रोए  तर उसले मलाइ धकेल्यो.

.

.

अहो!! सपना रहेछ

छ्या कस्तो नराम्रो सपना देखेको,

टेबलको बतलबाट दुइ घुट पानी पिए अनि

छेउको खाट्मा रविलाइ हेरे,, मस्त सुतिरहेको रहेछ!!!

#सपना

बृद्दाआश्रम

​बिदेश बाट दाइ आउदै थियो। बनेश्वोर बाट हिड्दै airport  पुगे ..भित्र पस्न नदिएपछी म दाइलाइ बाहिरै पर्खिरहे एकछिनमै उ आइपुग्यो,, अनि हामी दुइ भाइ नया बसपार्क तिर लाग्यौं !! बस पार्कमा दाइको झापा जाने टिकेट काटेर हामी चुरोट खान  लाग्यौं। भैरहवा तिर जाने बस स्टेशनमा एक जोडि वृद्ध बसेका थिए ,,, केइ संकोचित, डराएजस्तो देखिन्थे ।उनिहरु घरि दाया बाया हेर्ने गर्थे त घरी एक अर्कालाइ।नजिकैको होटेलमा चिया खादै हामी यो दृश्य हेरिरहेक थियौं। करिव 2घण्टा  जति अल्मलियौ हामी तेसपछी दाइलाइ बिदा गरेर म फेरि त्यही ठाउँमा गए चिया खान । अझै पनि ति वृद्धहरु त्यही थे उहि अवस्थामा। म नजिकै गएर दायाँ बायाँ  हेर्दै गरेका बुबा आमालाइ सोधेँ “किन एसरी बस्नु भएको हजुर हरु काहा जाने हो?”

 “हाम्रो छोरा यहि काठमाडौमा बस्छ , त्यसैले आको उ लिन आउछु भन्थ्यो  अझै आएन!!” निराश हुदै बा ले भने

पुरानो कोट को खल्ती बाट एउटा कागज निकालेर मलाइ दिदै भने “म आउन ढिला भयो भने यो कसैलाइ देखाउनु भन्थ्यो छोरोले”

जो कागजको चिर्कटो हेरेर मेरो आखा रसाए त्यस्मा लेखिएको थियो

“मनव्ताको नाताले कृपया उहाहरुलाइ नजिकैको बृद्दा आश्रममा लगेर छोड्दिनु होला..”.

.

.

.

.

प्रेम प्रस्ताव

साथीहरुले खुबै जिस्काउथे मलाइ, उनको नाम
लिएर ।। उनिलाइ पनि एकदिन कसैले सुनाइ दिएछ मैले मन
पराउछु भनेर ।।
बिधालय प्रांगणको कुनामा बोलाएर उनले मलाइ प्रश्न गरिन,

तिमी मलाइ मन पराउछौ रे हो ??”
लाज अनि डरले रातोपिरो भएर भुइँमा हेर्दै भने ” हैन
कस्ले भन्यो र ?? जिस्काउछन नि त्यतिकै। ”
त्यो दिन हिम्मत गरेर सत्य बोल्न सकेको भए सायद आज
उनको यो बिबाहको कार्डको एउटा कुनामा मेरो नाम हुने थियो
होला।