टन्टलापुर घाम लगेको थियो, बैशाकको महिना गर्मी एस्तो थियो कि खोला तातेर माछा मरेका थिए, …. आइतबारको दिन थियो ,लाग्थ्यो आज बादल र सुर्यको लडाइमा जित सुर्यको भएको थियो, 10 बजे तिर म र मेरो साथी बिर्तामोड मुक्ती चोक तिर निस्किएउ , सनिस्चरे जने बाटो तिरको पिपल को बोट्मुनी ओसमा बाइक राख्यो साथिले ताकी फर्किदा बैठक न पिल्सियोस, नजिकैको ठेलामा गएर चियो मगाएउ, त्या माहोल हेर्दा लडाइ सक्किएर सुन्सान भए जस्तो थियो, रुखको एउटा पात हल्लिएको थिएन , पिच रोडबाट बाफ उठेको देख्न सकिन्थ्यो।
नजिकैको चिया पसलमा बुढाहरु गफ गर्दै थिए, “बल्ल तल्ल संबिधान आयो अब यो देशको लेइ होलाकी भनेको मुर्दा भारतले नाका बन्दी लगाएर हैरान परो”, एउटा बुढा कड्किए “केपि वोलिले केइ गर्छन जस्तो छ” अर्काले भने ,, नजिकै अर्कै टेबलमा बसेका बृद्धले उठ्दौ भने ” साला सप चोर हुन राडिका बान हरु” .. बुडा हरु अरु पनि केइ भन्दै थिए तर नजिकैको हो-हल्ला ले ध्यान मोडियो हाम्रो एउटा सुटबुट लगाएको मान्छे रिक्सावाला संग बार्गेनिङ गर्दौ थियो,
“इ साला हरुले हो देश बिगारेको “साथी चिसो एक सुरुप लिदै बोल्यो. सुट्बुट लगाउछन अनि बिचरा रिक्सावाला संग बार्गेन गर्छ, ५ रुपे मुत्न खर्छ गर्न सक्छन तर रिक्सावाला संग तेइ ५ रुपेको लागी लड्छन.. त्यो रिक्सावालाको अनुहार हेरे, पसिना हैन रगत चुहाएजस्तो देखिन्थ्यो, जाहा हामी घाम बाट छलिन ओत खोज्दै थिम उ तेइ घाममा मेहेनत गरिरको थियो, उस्को सरिर कालो भको थियो घामले डढेर, जब त्यो मान्छे गयो हामी रिक्सावाला संग गएउ, “कता जने दाजु” उस्को आमन्त्रण आयो , कतै जाने हैन तर त्यो मान्छेले किन बार्गेन गरेको भनेर सोधेउ, चारजाना एउटै रिक्सामा चडेर आका रैछन, मोटा मोटा सप केटा केटि भनेर के गर्नु तपाइ गरुकै बराबर हुदा हुन!! याहा सम्म आएको १० रुपे बेसि त मागेको हु!!
निक्कै बेर गफ गरिसके पछि थाह भयो त्यो रिक्सा उस्को आफ्नो रैनछ, साउको रिक्सा
चलाएर जान परिवार पाली रहेको रहेछ, उस्को छोरी जो पढ्न अति मन गर्दी रहिछे,तर किताबको लागी पैसा पर्याप्त छैन रैछ “अलि अलि पैसा जोगारे छोरिको लागी किताब किनि दिन्छु हजुर” गम्छाले रसाएको आखा पुछ्दै उस्ले भन्दा हाम्रो मन चस्स काडाले घोचे जस्तै भयो, “ए दाइ जाने हो” एउटा कस्टमर भेटिएर हामी संग छुट्टियो।कुनैपनी सामान सिधै कम्पनिबाट किन्दा सहुलियत दाममा पाइन्छ तर मार्केटिङ , बिज्ञापन, मिडिया तेस्को भाउ बढेर आउछ, अब इ बिचराहरुको बिज्ञापन कस्ले गर्देला।
त्यतिकैमा रस्ता हाउस को फिक्स रेट सेल बाट एक हुल मान्छे निस्किदै गरेको देखिए, पैसाका धनी मानवता गरिब व्यक्ती हरुको भिडमा थे ति सुट-बुट लगाएको मान्छे र उस्को खाइलाग्दो परिवार।